समाज

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा कपिलवस्तु अस्पतालमा वृहत् रक्तदान

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा तौलिहवास्थित कपिलवस्तु अस्पतालमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।  

नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाको सहकार्य र कपिलवस्तु अस्पतालको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो। सो अवसरमा २२ जनाले रक्तदान गरेको अस्पतालका सूचना अधिकारी डाक्टर गणेश क्षेत्रीले बताए। सो अवसरमा रक्तदान गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शंकरहरि आचार्यले रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गरी आफूले बषौँ देखि रक्तदान गर्दै आएको बताए। उनले रक्तदान जस्तो पुन्य काम गर्न पाउँदा आफूलाई निकै खुशी लागेको उनले बताए।  

कार्यक्रममा नेपाली सेनाका सेनानी दिलीप घले र सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी लगायतले रक्तदान गरका थिए।

प्रकाशित: ३ फाल्गुन २०७९ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App