समाज

चन्दा माग्ने पूर्व सभासद पक्राउ

काठमाडौं- प्रहरीले बागबजार क्षेत्रमा चन्दा उठाउँदै गरेको अवस्थामा नेकपा क्रान्तीकारी माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सभाषद शिवराम यादव सहित तीनजनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले नेकपा क्रान्तीकारी माओवादीका नाममा चन्दा उठाउँदै हिडेका यादव सहित दिपेन्द्र गहतराज, राम नेपाली र महेश श्रेष्ठलाई बुधबार नियन्त्रणमा लिएको हो। वृत्तका डिएसपी मनोहरप्रसाद भट्टका अनुसार चन्दा माग्न प्रयोग भएको रसिद ठेली सहित नियन्त्रणमा लिएका चारैजना बैद्य माओवादी निकट केन्द्रीय तहका नेता हुन। उनका अनुसार गहतराज नेवा राज्य समिति सदस्य, नेपाली विद्यार्थी मोर्चाका सहसंयोजक र श्रेष्ठ क्याम्पस कमिटिका इन्चार्ज हुन्।

प्रकाशित: ५ आश्विन २०७३ १३:१३ बुधबार

चन्दा माग्ने पूर्व सभासद पक्राउ