समाज

सप्तकोसीमा डुङ्गा सञ्चालनमा रोक

इनरुवा– सप्तकोसी नदीमा तत्कालका लागि डुङ्गा सञ्चालनमा रोक लगाइएको छ।

बारम्बार दुर्घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले डुङ्गा सञ्चालनमा रोक लगाएको हो। जिल्ला सुरक्षा समितिको बैठकले डुङ््गा सञ्चालनलाई व्यवस्थित बनाउन अर्को निर्णय नहुञ्जेलसम्मका रोक लगाउने निर्णय गरिएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।

जिल्लाको श्रीलङ्का टापुबाट प्रकाशपुरतर्फ आउँदै गरेको डुङ्गा शनिबार सप्तकोसीमा दुर्घटना हुँदा बेपत्ता भएकामध्ये नौ जनाको अवस्था अझै अज्ञात छ। बेपत्ताको खोजी जारिरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ५ आश्विन २०७३ ११:१७ बुधबार

सप्तकोसीमा डुङ्गा सञ्चालनमा रोक