समाज

जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा दुईको मृत्यु

बर्दिया- बिहीबार राति सूर्यपटुवा-४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ। सूर्यपटुवा-४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमणमा परेका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा राति मृत्यु भएको हो। 

त्यस्तै, बिहीबार राति नै सात बजे खेती कुर्न बनाइएको मचानमा जाग्राम बसेका सूर्यपटुवा–४ डल्लाका ७२ वर्षीय पुरुवा थारू पिसाब फेर्न मचानबाट ओर्लिने क्रममा जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका र उनको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न लैैजाने क्रममा राति नै बाटोमा मृत्यु भएको छ। 

उनीहरुको शवपरीक्षणका लागि बर्दिया ल्याइँदै गरेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेश थापाले जानकारी दिएका छन्। रासस 

प्रकाशित: ३१ भाद्र २०७३ ०५:३८ शुक्रबार

जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा दुईको मृत्यु