समाज

हात्तीको आक्रमणमा परी स्कुले विद्यार्थीको मृत्यु

कोहलपुर– हात्तीको आक्रमणबाट गम्भीर घाइते एक स्कुले बालकको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ।

बिहीबार दिउँसो ३ बजेतिर स्कुलबाट घर फर्कने क्रममा हात्तीको आक्रमणबाट बर्दिया सुर्यपटुवा–१ का १५ वर्षीय युवराज थारु गम्भीर घाइते भएका थिए। स्कुलबाट घर फर्कने क्रममा डल्लामा उनलाई हात्तीले आक्रमण गरेको थियो। घाइते थारुको उपचारका क्रममा बेलुका पाँच बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।  

मृतक थारुको शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगन्ज पठाएको छ।

प्रकाशित: ३० भाद्र २०७३ १३:४२ बिहीबार

हात्तीको आक्रमणमा परी स्कुले विद्यार्थीको मृत्यु