समाज

तराईमा हुस्सु-कुहिरो, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात हुने

फाइल तस्बिर।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरुमा हुस्सु-कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १ का पहाडी भू–भागमा  आंशिकदेखि सामान्य बदली तथा वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

प्रकाशित: २२ माघ २०७९ ०३:४६ आइतबार

जल तथा मौसम विज्ञान विभाग