समाज

हिमाल साउथ एसिया सुचारु गर : आइएफजे

काठमाडौं- नेपालका नियमनकारी निकाय र राज्यको  असहयोगका कारण २९ वर्ष पुरानो हिमाल साउथ एसिया बन्द भएको सम्बद्ध निकायले बताएका छन्। अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) र नेपाल प्रेस युनियनले जतिसक्दो चाँडो प्रकाशन सुचारु गराउन सरकारले पहल गर्नुपर्ने माग राखेका हुन्।

साउथ एसिया ट्रस्टले प्रकाशन गर्दै आएको हिमाल साउथ एसिया गत महिनादेखि बन्द भएको हो। प्रकाशकले अगस्ट महिनाको प्रकाशन नै अन्तिम रहेको जनाउँदै बन्द गरेको थियो। आइएफजेले आफ्नो आधिकारिक वेबपेजमार्फत नेपालमा एउटा प्रकाशन बन्द हुनु प्रजातन्त्रपछि स्थापित प्रेस स्वतन्त्रताको मान्यताविपरीत भएको जनाएको हो।

गैरनाफामूलक संस्थाका रूपमा स्थापित साउथ एसिया ट्रस्टले बुधबार विज्ञप्ति निकाल्दै प्रकाशनलाई पक्षघात हुनेगरी सरकार र यस मातहतका नियमनकारी निकायको व्यवहार सह्य नहुने उल्लेख गरेको छ। ट्रस्टले प्रकाशन सुचारु गर्न आवश्यक रकम बिनाकुनै पूर्वसूचना सात महिनादेखि रोकेर राख्नु नियोजित भएको जनाएको छ।

प्रकाशित: २३ भाद्र २०७३ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App