समाज

मेचीनगरमा एक पुरुषको हत्या

सुरुङ्गा (झापा)– झापाको मेचीनगर नगरपालिका–१ स्थित निन्दा खोलामा गएराति एक व्यक्तिको हत्या भएको छ। नाम, थर, वतन खुल्न नसकेका ५५ वर्षीय पुरुषको चन्द्रगढी–१ निवासी ३६ वर्षीय नेत्र गिरीले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनको गएराति साढे ११ बजे हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए। हत्यामा संलग्न गिरीलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ । रासस
 

प्रकाशित: २२ भाद्र २०७३ ११:२२ बुधबार

मेचीनगरमा पुरुषको हत्या