समाज

पहिरोले मुग्लिन सडक अवरुद्ध

चितवन- चितवनको कालीखोलामा पहिरो खसेर आज बिहानदेखि मुग्लिन सडक अवरुद्ध भएको छ । राति परेको वर्षापछि चण्डिभञ्ज्याङ गाविसको जोखिम क्षेत्र मानिएको कालीखोलामा पहिरो खस्दा बिहान ५ बजेदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउन डोजरसहित प्रहरी परिचालन गरिएको छ । सुक्खा समयमा समेत पहिरो खस्दै आएको कालीखोलामा रातभर परेको वर्षापछि पुनः पहिरो खसेको हो । 

पहिरोका कारण चितवनबाट काठमाडौ र पोखरा जाने आउने सयाँै सवारी बीच बाटोमै रोकिएका छन् । पहिरो हटाउन केही समय लाग्ने जनाइएको छ । यही कालीखोलामा अघिल्लो साता सडकको जीर्ण अवस्थाका कारण एउटा यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो ।

नारायणगढ-मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले खनेको स्थानमा सामान्य पानी पर्दासमेत पहिरो खस्दै आएको छ । रासस 

प्रकाशित: १७ भाद्र २०७३ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App