समाज

दर खाएर फर्किंदै गरेकी महिला सडकमाथिकाे पानीमा बगेर मृत्यु

पोखरा– खोला, नदी, बाढीले बगाएर मान्छेको मृत्यु हुने गरेको त सामान्य नै हो, तर भीषण वर्षासँगै सडकमा आएको बाढीले बगाएर मानिसको मृत्यु भएको समाचार भने पोखराका लागि नौलो भएको छ।

गएराति परेको भीषण वर्षासँगै आएको बाढीले पोखराको सिद्धार्थचोकबाट दाङ देउखुरी घर भई पोखरा–८ बगालेटोलमा बस्दै आएकी ४८ वर्षीया मीना भण्डारीलाई बगाएर मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनको शव आज बिहान बगाएको ठाउँभन्दा केही तल फेला परेको थियो । तीजको दर खाएर आफ्नो कोठातर्फ फर्कंदै गर्दा उनलाई बगाएको बताइएको छ। रासस

प्रकाशित: १६ भाद्र २०७३ ०९:१७ बिहीबार

दर खाएर फर्किंदै गरेकी महिला सडकमाथिकाे पानीमा बगेर मृत्यु