समाज

कस्तो छ आजको मौसम?

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको छ।  

अहिले देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू–भागहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

प्रकाशित: १३ माघ २०७९ ०३:५३ शुक्रबार

जल तथा मौसम विज्ञान विभाग