समाज

निकुन्जभित्र दोहोरो फायरिङ

बर्दिया– बर्दिया राष्ट्रिय निकुन्जको चुरे क्षेत्रमा बिहीबार बिहान तीन बजे चोरी शिकारी र निकुन्ज सुरक्षार्थ खटिएको टोलीबीच दोहारो फायरिङ भएको छ। चोरी शिकारीले निकुन्जको कर्मचारीलाई लक्षित गरस् फायर गरेपछि निकुन्जले जवाफी फायर गरेको जनाएको छ।

घटनास्थलबाट लोडेड भरुवा बन्दुकसहित बिष्फोटक पदार्थ निकुन्जको सुरक्षा टोलीले घटनास्थलबाट बरामद गरेको छ। निकुन्ज तीन वटा गेमस्काउट र सेनाको टोलीसँग निकुन्जको भाषताल पोष्टदेखि ८ किलोमिटरपर चोरी शिकारी र निकुन्जको टोलीसँग दोहोरो फायरिङ भएको निकुन्जका सहायक संरक्षण अधिकृत अशोक भन्डारीले बताए।

गोप्य सूचनाका आधारमा गेमस्काउँटसँग सेना परिचालित भएको उक्त क्षेत्रमा दोहोरो फायरिङ भएको उनको भनाइ छ। निकुन्जका कर्मचारीको टोलीले १ थान भरुवा बन्दुक, २ सय ग्राम विष्फोटक पदार्थ, कम्बल, मोबाइल फोन, जरायोको सुकटीलगायतका बन्न्दोबस्तीका सामान बरामद गरेको उनले जानकारी दिए।
 

प्रकाशित: ९ भाद्र २०७३ ०८:५३ बिहीबार

निकुन्जभित्र दोहोरो फायरिङ