समाज

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। 

मुख्य न्यायाधिवक्तामा नियुक्त भएका बराल पोखरा महानगरपालिका–२६ बरालडाँडाका हुन् उनले पूर्व महान्यायाधिवक्ता रमेश बडालसँग मिलेर काठमाडौंमा ल फर्म सञ्चालन गर्दै आएका थिए।

नवनियुक्त महान्यायाधिवक्ता बरालले शनिबार नै सपथ लिएका छन्। उनलाई उच्च अदालत पोखराका मुख्य न्यायाधीस डिल्लीराज आचार्यले सपथ गराएका थिए। सपथ समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारी लगायतको उपस्थिति थियो। 

मुख्य न्यायाधिवक्तामा नियुक्त बरालले पोखराको पृथ्वीनारायण क्याम्पसमा आईएल र काठमाडौंबाट बिएल गरेका छन् । हाल उनी काठमाडौंमा ल फर्म सञ्चालन गरेर बस्दै आएका थिए।

प्रकाशित: ७ माघ २०७९ ०९:४६ शनिबार

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ता