समाज

सुर्खेतमा खाद्य गुणस्तरको मापदण्ड नपुगेकालाई कारबाही

सुर्खेतमा अनुगमन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापा।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले १० वटा उद्योग, पसल र होटललाई शिलबन्दी, रोक्का, कारबाही गरेको छ। ६ महिनायता कार्यालयले सुर्खेतका १० वटा उद्योग, पसल, होटलहरुलाई कारबाही गरेको हो।

अनुगमनमा भान्छा र भण्डार कोठाको स्वच्छता र सरसफाइमा लापरबाही गरेको होटललाई स्तरीकरण लोगो फिर्ता लिइएको छ। पानी कम्पनीले अनुमति नलिई विभिन्न होटल÷ रेष्टुरेन्टको नाममा ब्राण्डीङ्ग गरेको पाइएपछि रोक लगाएको, उत्पादन मिति नखुलेको कच्चापदार्थ (भुजा) लाई पुनः प्याकेजिङ गरि बजारमा पुन विक्रि वितरण गरेकोमा बजारबाट फिर्ता गर्न लगाएको र उद्योग पूर्वाधार सुधार गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले जनाएको छ।

त्यस्तै कतिपय पसलहरुमा उत्पादन मिति नखुलेको, लेवलमा कैफियत भेटिएको दाललाई पुनः प्याकेजिङ गरेर विक्रि गरेको भेटिएको त्यसलाई रोक लगाएको, खाद्य अनुज्ञापत्र नलिई, चाउमिन उत्पादन तथा विक्रि वितरण गरेकोले उत्पादन विक्रि वितरण रोकिएको त्रैमासिक  तथा अर्धवार्षिक समिक्षा गोष्ठीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताए। यो कार्यालयले सुर्खेतसहित दैलेख, जाजरकोट, हुम्ला, डोल्पा, सल्यान र रुकुमपश्चिम हेर्दैै आएको छ। स्थानीय पालिकासंग समन्वय गरेर बजार अनुगमन हुँदै आएको छ।

प्रकाशित: ६ माघ २०७९ १३:०५ शुक्रबार

खाद्य गुणस्तर