समाज

दश लाखसहित १६ जुवाडे पक्राउ

कृष्ण किसी
भक्तपुर–महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले जिल्लाको सूर्यविनायकस्थित एउटा घरमा जुवा तास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ।

सूर्यविनायक नगरपालिका–.५ पाण्डुबजारस्थित रहेको माइली तामाङको घरको कोठामा नगद तथा धनमाल प्रर्दशन गरी जुवा तास खेल भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घरधनी माइलीसहित १६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दश लाख अन्ठाउन्न हजार दुई सय साठी, सेतो कौडा दुई सेट थान ३२,  तासका गड्डी नयाँ ५ बुक, खेल्दै गरेको ६ बुक र सो स्थानमा ओच्छयाउन  प्रयोग गरिएका कपडाको चकटी थान ७, ओच्छयाउने कपडाकै लामो चकटी थान २, कालो रंगको तन्ना थान १ समेत पक्राउ तथा बरामद


सोमबार राति अन्दाजी  १२ बजे उनीहरुलाई पक्राउ गरेको परिसरका  प्रहरी निरीक्षक प्रकाश विष्टले जनाए । खालबाट दश लाख अन्ठाउन्न हजार दुई सय साठी, सेतो कौडा दुई सेट थान ३२,  तासका गड्डी नयाँ ५ बुक, खेल्दै गरेको ६ बुक र सो स्थानमा ओच्छयाउन  प्रयोग गरिएका कपडाको चकटी थान ७, ओच्छयाउने कपडाकै लामो चकटी थान २, कालो रंगको तन्ना थान १ समेत पक्राउ तथा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तलाई  जुवा ऐन अन्तर्गतको कसुरमा थुनामा राखी अनुसन्धान गर्न भक्तपुर जिल्ला अदालतबाट आदेश भई थप अनुसन्धान कार्य सुरु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: ३२ श्रावण २०७३ ०४:३३ मंगलबार

दश लाखसहित १६ जुवाडे पक्राउ