समाज

फिस्टेल एयरको हेलिकप्टर दुर्घटना छानविन गर्न समिति गठन

काठमाडौं- फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न सरकारले मंगलबार चार सदस्यीय दुर्घटना छानविन समिति गठन गरेको छ।

तत्कालिन हवाई विभागका महानिर्देशक हरिभक्त श्रेष्ठको अध्यक्षतामा गठित छानविन समितिमा नेपाली सेनाका प्रमुख सेनानी तथा हेलिकप्टर पाइलट सुवास थापा र सिम्रिक एयरका इन्जिनियरिङ निर्देशक विष्णु बस्न्यात सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सहसचिव सुरेश आचार्य सदस्य सचिव छन्। छानविन समितिलाई काम सुरु गरेको तीन महिना भित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

सोमबार गोर्खाबाट काठमाडौं फर्कने क्रममा फिस्टेल एयरको कलसाइन ९९एन-एकेए भएको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त हुँदा क्याप्टेन रञ्जन लिम्वुसहित सात जनाको मृत्यु भएको थियो।  

प्रकाशित: २५ श्रावण २०७३ ११:०२ मंगलबार

फिस्टेल एयरको हेलिकप्टर दुर्घटना छानविन गर्न समिति गठन