समाज

६८ यात्रु बोकेको यती एयरलाइन्सको एटिआर–७२ जहाज पोखरामा दुर्घटना

जहाज दुर्घटनामा परेपछि उद्धार गरिँदै । तस्बिर सौजन्यः गणेश श्रेष्ठ

काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विष्णुप्रसाद अधिकारीले दुर्घटनाको पुष्टि गरेका छन्। एटिआर–७२ उक्त जहाजमा ६८ जना यात्रु रहेको यति एयरलाइन्सले बताएको छ। ९एन एएमसी कल साइनको उक्त जहाज काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।  

प्रकाशित: १ माघ २०७९ ०६:०६ आइतबार

यती एयरलाइन्स पोखरा दुर्घटना