तिलाठी(सप्तरी)–खाँडो नदीको मुहान थुन्ने गरी भारतीयले दशगजा मिचेर एकतर्फी रुपमा बनाउन लागेको बाँधको विरोध गर्दा बिहीबार सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा भारतीय जाइलागे। नेपालीलाई लखेटेर भएपनि बाँध बनाउन मनसायमा रहेका भारतीयसँग झडपनै हुन पुग्यो। दर्जन बढी नेपाली घाइते भए।
दुवैतर्फका प्रशासन तथा कतिपय राजनीतिक दलका नेतासमेतले यस घटनालाई ‘अप्रत्यासित’ भनेका छन्। तर स्थानीय यसलाई अप्रत्यासित मान्दैनन्। उनीहरुका अनुसार दुवै तिरको राजनीतिक एवम् प्रशासनिक नैराश्यता एवम् कुटनीतिक पहलको अभावमा दशकौंदेखि सँगै बस्दै आएका दुई गाउँलेलाई एक आपसमा जुध्नु पर्ने अवस्था सृजना हुन गएको हो।
खासगरी नेपालतर्फका स्थानीय प्रशासनदेखि सिंहदरबारसम्मको निरीहताले दशगजा क्षेत्रमा बर्षाैंदेखि हेपिँदै आएका नेपाली अब भारतीयबाट कुटिन थालेको तिलाठीका निवर्तमान गाविस अध्यक्ष दिनेश्वर मिश्रको भनाइ छ। ‘हामीले उठाएको मुद्दा कुनै नौलो होइन’, उनले भने, ‘दशगजामा झडप भएपछि हामीले कुटाइ खाएपछि अलि व्यापकरुपमा चर्चामा मात्रै आएको हो।’
दशगजामा भारतीयको एकलौटिपन विरुद्ध आफूहरु चार दशकदेखि संघर्ष गरिरहेको बताउँदै मिश्रले भने, ‘गजेन्द्र बाबुदेखि गिरिजा बाबुसम्मलाई गुहार्यौं, पटनादेखि दिल्लीसम्म पहल गर्यौं, तर उपलब्धी केही भएन।’ स्थानीय स्तरमा आँफूहरु जतिसुकै रोएकराए पनि राजनीतिक रुपमा उपयुक्त तरिकाले यस मुद्दालाई ‘सिंहदरबार’ सम्म पुर्याउन नसक्दा समस्या समाधानमा कठिनाई भएको मिश्रको बुझाइ छ।
लगातार तीन कार्यकालदेखि तिलाठी गाविसको नेतृत्व गरेका ६५ बर्षीय मिश्रका अनुसार स्वर्गीय गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा काठमाडौंसम्म गई तिलाठीवासीले दशगजा क्षेत्रमा भारतीय बाँधका कारण आफूहरु डुवानमा परेको भन्दै ध्यानाकर्षण गराएका थिए। ‘०५२ सालमा तिलाठीमा भीषण आगलागी हुँदा समेत गिरिजाबाबु तिलाठी आउनु भएको थियो’, उनले भने, ‘त्यतिवेला पनि हामीले यसबारे ध्यानाकर्षण गराएका थियौं।’
स्वर्गीय गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा काठमाडौंसम्म गई तिलाठीवासीले दशगजा क्षेत्रमा भारतीय बाँधका कारण आफूहरु डुवानमा परेको भन्दै ध्यानाकर्षण गराएका थिए। ‘०५२ सालमा तिलाठीमा भीषण आगलागी हुँदा समेत गिरिजाबाबु तिलाठी आउनु भएको थियो’, उनले भने, ‘त्यतिवेला पनि हामीले यसबारे ध्यानाकर्षण गराएका थियौं।’
यद्यपि यस क्षेत्रका प्रतिनिधिको रुपमा रहेका तत्कालीन सांसद स्वर्गीय गजेन्द्रनारायण सिंहले संसद लगायतका फ्लोरहरुमा यस मुद्दालाई दह्रो रुपमा उठान नसकेका कारण उक्त मुद्दा औपचारिक रुपमा सिंहदरबारसम्म प्रवेश पाउन नसकेको मिश्रको ठम्याइ छ। ‘गजेन्द्रबाबुले पहलै गर्नुभएन भन्न मिल्दैन, तर जुन रुपमा गर्नुपर्ने हो, सायद गर्नसक्नु भएन’, मिश्रले भने।
किन मौन छन्, मधेसकेन्द्रित दल?
नेपाली राजनीतिमा ‘मधेसवाद’का जनक भनेर चिनिने स्वर्गीय गजेन्द्रनारायण सिंह सप्तरी क्षेत्र नम्बर २ बाट २ पटक सांसद भएका थिए। विभिन्न मन्त्रालयको जिम्मेवारी समेत सम्भालेका सिंहको भारतीय पक्षसँग राम्रो पडक रहेको बताइन्छ। कतिपयले त भारतसँग सम्बन्ध विग्रिन्छ की भन्ने भयका कारणसमेत सिंहले दशगजा क्षेत्रको मुद्दालाई प्रभावकारी रुपमा कहिलेपनि संसद लगायतका फ्लोरहरुमा उठान नसकेको आरोपसमेत लगाउने गर्दछन्।
सिंह पश्चात उक्त क्षेत्रबाट निर्वाचित सांसदहरु नेपाली काँग्रेसका रामकुमार चौधरी र सदभावना पार्टीकै महेशकुमार यादवपनि आँफूहरुले भोग्दै आएको समस्याप्रति मौननै बसेको स्थानीय बयोबृद्ध रत्नेश्वर झाको भनाइ छ। ‘आँफूलाई भोट दिएर जिताएको आफ्नो क्षेत्रको जनताको समस्या भन्दापनि भारतसँगको सम्बन्धकै चिन्तै बढी हाम्रा नेताहरुमा देखिए’, झाले भने, ‘यस क्षेत्रको समस्यालाई हाम्रा जनप्रतिनिधिले सही स्थानमा सही तरिकाले उठाउन नसक्दाको परिणाम हो, बिहीबारको झडप।’
‘आँफूलाई भोट दिएर जिताएको आफ्नो क्षेत्रको जनताको समस्या भन्दापनि भारतसँगको सम्बन्धकै चिन्तै बढी हाम्रा नेताहरुमा देखिए’, झाले भने, ‘यस क्षेत्रको समस्यालाई हाम्रा जनप्रतिनिधिले सही स्थानमा सही तरिकाले उठाउन नसक्दाको परिणाम हो, बिहीबारको झडप।’
यत्रो दुखद् घटना भइसक्दा पनि शीर्षस्थ मधेसी नेताहरु मौन बसेको प्रति समेत गुनासो गर्छन उनी। ‘आखिर किन यो मौनता, किन बोल्न नसक्या हामी ?’, प्रश्न गर्दै झाले भने, ‘भारत रिसाउँछन् भने सोच र मौनताका कारण मात्रै यस्तो भयावह अवस्था आएको हो।’ सीमामा दुई देशका जनता भिड्न भन्ने भारत सरकारपनि कदापि नचाहेको हुन सक्ने बताउँदै उनले भने, ‘हाम्रा नेताहरुले सही तरिकाले भारतीय पक्षसँग समन्वय र पहल गरेको भए दुवै तिरका जनता डुवानबाट जोगिनुको साथै भिडन्तबाटपनि जोगिन्थ्यौं।’
तिलाठीस्थित दशगजा क्षेत्रमा भारतीयसँगको झडपमा दर्जन बढी नेपालीहरु घाइते भइसक्दासमेत कुनै पनि मधेशसी दलका ठूला नेताहरुको तर्फबाट कुनै पनि प्रतिक्रिया नआएकोप्रति घाइतेहरुसमेत छुब्द छन्। ‘उनीहरु हाम्रो नेता हुन वा भारतको ?’, घाइते मध्ये एक श्यामप्रसाद कामैतले भने, ‘सीमा क्षेत्रमा मधेसी कुटिँदा, डुवानमा पर्दा जस्ता बेला एक थान प्रेस विज्ञप्तिसम्म निकाल्ने आट नगर्नुलाई के भन्नु?’
राज्यपनि निरीह !
‘सन् १९७४ देखि नै दशगजा क्षेत्रमा भारतले बाँध बनाएको हो, आखिर राज्य पक्ष किन मौन छन् त ?’, तिलाठीका अवकास प्राप्त शिक्षक दयाकान्त झा भन्छन्, ‘आफ्नै नागरिक बर्षेनी डुवानमा पररहँदा समेत यस्तो संवेदनशील मुद्दालाई राज्यले गम्भीर रुपमा उठाउन नसक्दा समस्या भएको हो।’ भारतीसँग सम्बन्ध नबिग्रिओस भनेर हाम्रा मन्त्री तथा उच्च अधिकारी दरो रुपमा समस्या उठाउन नसकिरहेको उनको बुझाइ छ।
‘भारतीय स्वतन्त्रता संग्रामका महानायकहरु जय प्रकाश नारायण, जेपी लोहिया सहितकाहरुलाई हामीले आश्राय मात्रै दिएनौं, हनुमाननगर करागारमा हुँदा जेल तोडेर भारतसम्म पुर्याई दिऔं’, सह–प्राध्यापक मिश्रले भने, ‘आज तीनै आजाद भारतीयहरुले जवरजस्ती बनाएको बाँधका कारण हामी डुबानमा पर्छौ ।’
‘नेपाल सरकारले दशगजा किन नाप्न न सकेको?’, स्थानीय युवा निरज झाले भने, ‘दशगजा क्षेत्रमै भारतले बाँध बनाएको भनि हामी बर्षौंदेखि कराइरहेका छौं, तर राज्यसँग सँगै हामीले नै भोट हालेर पठाएका मन्त्रीदेखि नेतासम्म त्यसबारे केही पनि बोल्न तयार छैनन्।’ दशगजा मात्रै नभइ नदीको बहाब रोक्ने अथवा छिमेकी मुलुकलाई प्रभाव पार्नसक्ने कुनै पनि संरचना सीमा क्षेत्रमा बनाउँदा दुई देशको सहमतिमा बनाउनु पर्ने अन्तरर्राष्ट्रिय मान्यतासमेत भारतले पालना गर्न नसकेको झाको टिप्पणी छ।
भारतीय पक्षले एकतर्फी रुपमा बनाएको उक्त बाँध विरुद्ध त्यस क्षेत्रका बासिन्दा पछिल्लो कैयौं वर्षदेखि संघर्ष गर्दै आएका छन्। तर आँफूहरुको समस्याप्रति दुवैतर्फका सरकारले खासै ध्यान दिन नसकेको नेपाली काँग्रेसका स्थानीय नेता रामलखन यादवको भनाइ छ। यद्यपि आँफूहरुले आफ्ना बचावका लागि थालेको संघर्ष अझै जारी नै रहेको उनी बताउँछन्।
पछिल्लो पटक अन्तरिम सरकारका सिंचाई मन्त्री उमाकान्त झादेखि लिएर आफ्नै क्षेत्रबाट निर्वाचित रहेका माओवादी केन्द्रका सांसद तथा पूर्व सिंचाई मन्त्री उमेशकुमार यादवसम्मलाई पटक पटक स्थानीयले लिखित तथा मौखिक रुपमासमेत समस्याबारे जानकारी गराउँदै समस्याको स्थायी निकासकालागि आग्रह गरिसकिएको उनको भनाइ छ। ‘जता गएनी आश्वाशन, यस बाहेक केही हुँदैन’, सकरपुराका निवर्तमान गाविस अध्यक्ष गनु मुखिया बताउँछन्।
‘रोटी–बेटी सम्बन्ध’, इमोशनल ब्ल्याकमेलिङको भारतीय हतियार!
नेपाल र भारतबीच ‘रोटी–बेटीको सम्बन्ध’ रहेको भन्दै भारतीयले सँधैभरी ‘इमोशनल ब्ल्याकमेल’ मात्रै गरेको तिलाठीका स्थानीय बुद्धिजिवी सह–प्राध्यापक दयानन्द मिश्रको भनाइ छ। ‘भारतसँग हाम्रो रोटी–बेटीको सम्बन्ध छ, म पनि मान्छु, तर सम्बन्धमा भनेको एकतर्फी मात्रै हुन्छ र ?’, मिश्रले भने, ‘उनीहरुले पनि त्यो कुरा बुझ्नु पर्यो नी, हामी भारतलाई ठूल दाई मान्छौ, तर त्यस अनुरुपकै व्यवहार उता पनि हुनुपर्यो नी ।’
भारतले सहीअर्थमा ‘रोटी–बेटी सम्बन्ध’को ख्याल गरेको भए दशगजामा झडपको स्थिति नै सृजना नहुने मिश्रको बुझाइ छ । सदियौं देखिको ‘रोटी–बेटी’ सम्बन्धकै कारण तिलाठीसहित दक्षिणी भेगका जनताले भारतीय स्वतन्त्रता आन्दोलनमा समेत ठूलो सहयोग गरेको मिश्रको भनाइ छ। ‘तर भारतीय हामीलाई सघाउनु त परै जाओस उल्टै हेप्न मात्रै जानेका छन्’, उनले भने।
‘भारतीय स्वतन्त्रता संग्रामका महानायकहरु जय प्रकाश नारायण, जेपी लोहिया सहितकाहरुलाई हामीले आश्राय मात्रै दिएनौं, हनुमाननगर करागारमा हुँदा जेल तोडेर भारतसम्म पुर्याई दिऔं’, सह–प्राध्यापक मिश्रले भने, ‘आज तीनै आजाद भारतीयहरुले जवरजस्ती बनाएको बाँधका कारण हामी डुबानमा पर्छौ ।’
प्रकाशित: १६ श्रावण २०७३ ०८:४० आइतबार