समाज

धनकुटामा बस दुर्घटना: पूर्व राज्यमन्त्रीसहित ७ को मृत्यु

धनकुटा–संखुवासभाको मुडे शनिश्चरेबाट धनुकुटा आउँदै गरेको यात्रुबाहक बस बिहीबार दुर्घटना हुँदा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित ७ जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य २७ जना घाइते भएका धनकुटाका सहायक प्रमुख जिल्ला अघिकारी सोमप्रसाद भट्टराईले जानकारी दिएका छन्। बा.१ ख.७६६५ नम्बरको उक्त बस धनकुटाको सिँधुवामा सडकबाट तल खसेर दुर्घटना भएको हो।

५० जना सबार उक्त बसका यात्रु मध्ये २७ भन्दा बढी घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि धरानतर्फ लगिएको घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपि बिभुतिराज पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार बस सडकबाट करिव ६० फिट तल खसेको छ। ‘२७ जना घाइतेहरूको उद्दार गरेर अस्पताल पठाइएको छ,’ पाण्डेले नागरिकन्युजसँग टेलिफोनमा भने ‘केही घाइतेको अवस्था गम्भीर छ।’

प्रकाशित: १३ श्रावण २०७३ ०८:०७ बिहीबार

धनकुटामा बस दुर्घटना पूर्व राज्यमन्त्रीसहित को मृत्यु