समाज

घरमाथि रुख ढल्दा बालिकाको मृत्यु

धनगढी– धनगढी उपमहानगरपालिका–६ जालीको शान्तीटोलमा नरेश चौधरीको कच्ची घर रुख ढलेर भत्किँदा १२ वर्षीया जुनकुरी चौधरीको ज्यान गएको छ।

आफन्तको घरमा आएकी धनगढी उपमहानगरपालिका वानं १८ की  वालिका चौधरीको रुख ढलेर कच्ची घर  च्यापिँदा मृत्यु भएको प्रहरी नायव निरीक्षक बजिर सिंह धामीले बताए। घरभित्र खाटमा सुतिरहेका बेला शुक्रबार दिउँसो साढे ३ बजेतिर रुख माथिबाट खसेर भत्किँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

बर्रोको ठूलो रुख ढलेर कच्ची घरमा क्षती भएको उनले बताए।

 

प्रकाशित: ७ श्रावण २०७३ १४:१३ शुक्रबार

घरमाथि रुख ढल्दा बालिकाको मृत्यु