समाज

पहिरोमा एक महिला बेपत्ता

ताप्लेजुङ- ताप्लेजुङको तापेथोक गाविसमा आएको पहिरोमा परी एक २८ वर्षीया महिला बेपत्ता भएकी छन्। घैयावारी भीरबाट आएको पहिरोमा परी तापेथोक ८ निवासी मनिता राई बेपत्ता भएकी हुन्।

पहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएको स्थानीय भिङमारे लिम्बुले जानकारी दिए। यता प्रहरीले भने घटनाबारे जानकारी लिने प्रयास भइरहेको बताएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी रामबहादु केसीले घटनाका बारेमा जानकारी लिने प्रयास भइरहेकाले अहिले नै घटनाको पुष्टि गर्न नसकिने जनाउ दिए। तापेथोकमा रहेको प्रहरी चौकीबाट प्रहरी परिचालित गरिएको प्रहरीले बताएको छ।

प्रकाशित: २ श्रावण २०७३ ०५:२४ आइतबार

पहिरोमा महिला बेपत्ता