समाज

सञ्चारमाध्यम र पत्रकार असुरक्षित

सन् २०२२ मा डिजिटल प्रविधिको माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण बढेको सञ्चारसँग विभिन्न संघसंगठनले जनाएका छन्। नेपाल पत्रकार महासंघ, फ्रिडम फोरम, आइपिआइसहित संगठनहरूले डिजिटल माध्यमबाट भइरहेको प्रेस स्वतन्त्रतामाथिको आक्रमण नयाँ चुनौती देखिएको बताएको हो।  

‘अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठित रूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको छ।’ सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना भएका छन्। जसमा १३२ जना पुरुष, १८ जना महिला पत्रकार र ६ वटा सञ्चार संस्था प्रभावित भएका छन्।

प्रकाशित: १७ पुस २०७९ ०१:०५ आइतबार

पत्रकार