समाज

एमडिएमएस प्रणाली कार्यान्वयनमा, भन्सार नतिरेका मोबाइल नचल्ने

भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले आज पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास बिना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने जनाएको हो।

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरेको जनाएको छ।

प्रकाशित: १५ पुस २०७९ ०४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App