समाज

भारतमा बस दुर्घटनाः पाँच नेपालीको मृत्यु

नेपालगन्ज– सोमबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ।

बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना४ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा ट्रकसँग ठोक्किएको थियो। सो दुर्घटनामा पाँच नेपालीको मृत्यु भएको खबर भारतीय प्रहरीबाट प्राप्त भएको प्रहरी उपरीक्षक राईले बताउनुभयो।

दुर्घटनामा २८ जना घाइते भएका र मृतक नेपाली यात्रुको शव ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण बुझ्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीको नेतृत्वमा टोली त्यसतर्फ पठाइएको छ। रासस

 

प्रकाशित: २८ असार २०७३ ११:२४ मंगलबार

भारतमा बस दुर्घटनाः नेपालीको मृत्यु