समाज

सर्लाहीको हरिऔनमा पुरुषको शव फेला

सर्लाहीको हरिवनमा एक पुरुषको शव भेटिएको छ। हरिवन नगरपालिका -११ स्थित बजारमा नाम, थर नखुलेको एक जना वृद्ध पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।

चिसोले कठांग्रिएर पुरुषको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। हरिवन बजारको रत्न श्रेष्ठको घरको पेटीमा सुतेको अवस्थामा नै पुरुषको मृत्यु भएको बताइएको छ।

मृतक मागेर खाने र जहाँ पायो त्यहीँ सुत्ने बस्ने गरेका पुरुष भएको स्थानीयलाई उदधृत गर्दै इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। मृतकको आफन्त अहिलेसम्म कोही पनि प्रहरीको सम्पर्कमा नआएको इप्रका हरिवनले जनाएको छ।  

प्रकाशित: ११ पुस २०७९ १२:५० सोमबार

शव