समाज

तराईमा हुस्सु-कुहिरोले सडक र हवाई यातायातमा सामान्य प्रभाव

फोटो: रासस

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु-कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राती देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।  

आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही  भू–भागमा बिहानीपख हुस्सु-कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन तथा सडक एवं हवाई यातायातमा सामान्य प्रभावको सम्भावना छ। माैसम विभागले आवश्यक सावधानी तथा शतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: ८ पुस २०७९ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App