समाज

प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले पत्रकारलाई स्वास्थ्य उपचारमा छुट दिने

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशमा आबद्ध सबै पत्रकारले ललितपुरको कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले स्वास्थ्य उपचारमा छुट दिने भएको छ।

महासंघ प्रतिष्ठान प्रदेश र ललितपुरको कुपण्डोलिस्थत प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्य उपचार सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै प्रतिष्ठान प्रदेश अन्र्तगत रहेका शाखाका १४ सय ६७ पत्रकारहरूले ओपिडीमा ५० प्रतिशत छुट पाउने भएका हुन्।

त्यसैगरी उनीहरूलाई प्रयोगशालामा ४० प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी पत्रमा महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका प्रबन्ध निर्देशक डा काजन रानाभाटले हस्ताक्षर गरेका हुन्। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहाल र प्रतिष्ठान प्रदेशका महासचिव रामकुमार शाहीसहितको उपस्थितिमा हस्ताक्षर भएको प्रतिष्ठान प्रदेशद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ। महासचिव शाहीका अनुसार एक वर्षका लागि भएको सम्झौता मंसिर २० देखि लागु भइसकेको छ।

प्रतिष्ठान प्रदेशका अध्यक्ष अधिकारीले नेपालको स्वास्थ्य उपचार सेवा महंगो बन्दै गएका बेला प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकसँगको सहकार्यले सदस्यहरूलाई केही सहयोग पुग्ने विश्वास व्यक्त गरे। आधुनिक र सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदायकसँग समझदारी गर्न पाएकोमा खुसी व्यक्ति गर्दै महासंघका सदस्यहरुले यसबाट अधिकतम लाभ लिने अधिकारीले पनि आशा व्यक्त गरे।

प्रकाशित: २१ मंसिर २०७९ १३:२८ बुधबार

प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिक