समाज

आज मौसम सफा रहने

हाल देशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।  

विभागका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको  पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श:

तराई  भू-भागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ।

प्रकाशित: २० मंसिर २०७९ ०२:३३ मंगलबार

जल तथा मौसम विज्ञान विभाग