समाज

माया लुहारको हत्या आरोपी शसस्त्र प्रहरी जवान कोली पक्राउ

बैतडीको पञ्चेश्वर गाउँपालिका-४ की २१ वर्षीया माया लुहारको  हत्या आरोपी शसस्त्र प्रहरीका जवान भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेका छन्। शिवनाथ गाउँपालिका-४ घर भएका कोली आइतबार बिहान १० बजेतिर महेन्द्रनगर बसपार्कमा डुलिरहेको बेला पक्राउ परेको कचनपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम चौधरीले बताएका छन्।

कोलीलाई बैतडी जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको उनले बताए। २२ वर्षीय कोली पोखरा शसस्त्र प्रहरी बलमा कार्यरत थिए। घरबाट लुगा सिलाउन भनेर आफ्नो भदै नेहासँग गएकी मायालाई गत मंसिर १३ गते शिवनाथ गाउँपालिकामा घाँटी रेटेर हत्या गरिएको थियो। नेहा भने दोश्रो दिन घाइते अवस्थामा भेटिएकी थिइन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। मायाका दाजुले कोलीको नाममा हत्या अभियोगमा किटानी उजुरी दिएका छन्। प्रहरीले ५ दिन देखि उनको खोजी गरिरहेको थियो।

प्रकाशित: १८ मंसिर २०७९ ०५:५४ आइतबार

पक्राउ