समाज

धनगढीमा तनाव साम्य नभएपछि निषेधाज्ञा जारी

दुर्घटनामा छात्राको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म २४ घण्टा धनगढिमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। ५ जना भन्दा बढी भेला हुन नपाउने, सवारिसाधन चलाउन नपाईने आदेशमा उल्लेख छ।  

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ ‘क’) बमोजिमको निषेधाज्ञा जारी गरेका हुन्।  

बिहीबार विहान साइकल चढेर विद्यालय जाँदै गरेकी १५ वर्षकी चेतना साउदलाई सडक सम्याउँदै गरेको ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि स्थानीय वासिन्दा र पद्मोदय माध्यमिक विद्यालय हसनपुरका विद्यार्थीहरुले धनगढीमा बजारमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: १५ मंसिर २०७९ १४:२५ बिहीबार

निषेधाज्ञा