समाज

सप्तरीमा पुरूषको हत्या

सप्तरीको कञ्चनरूप नगरपालिका– १ बैरबामा एक पुरुषको हत्या भएको छ। सोमबार रातिदेखि बेपत्ता ५० वर्षीय पप्पु राउतको शव घाँटी रेटी हत्या भएको अवस्थामा मंगलबार फेला परेको हो।

मंगलबार बिहान राउतको शव घाँटी रेटी हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेश सिंहले जानकारी दिए।

‘घटनाको सूक्ष्म अनुसन्धान थालिएको छ’, सिंहले भने, ‘घटना अनुसन्धानमा सहयोगका लागि तालिमप्राप्त कुकुरसमेत ल्याएका छौँ।’

प्रकाशित: १३ मंसिर २०७९ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App