राजनीति

कालिकोटको सुरक्षा व्यवस्था चुस्त

कालिकोट जिल्लाको सदरमुकाम मान्मस्थित जिल्ला प्रहरी कार्यालय कालिकोट तस्विर: ललित विष्ट

विप्लव समूहको अखडा मानिने कालिकोटमा यो पटकको निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कालिकोट जिल्लाको सुरक्षा व्यवस्थापनलाई चुस्त बनाइएको हो।  

निर्वाचन भयरहित बनाउन मतदान स्थलको सुरक्षा र संरक्षणका लागि नेपाल प्रहरी मतदान केन्द्रको पहिलो स्थानमा खटिनेछन्। उनीहरूले मतदान स्थललाई सुरक्षित र भयरहित बनाउन प्रहरीले विशेष भूमिका खेल्नेछन्।  

यहाँ १ सय २४ मतदान केन्द्रमा १ सय ४ मतदानस्थलको व्यवस्था गरिएको छ। मतदानस्थललाई अतिसंवेदनशील,संवेदनशील र सामान्य गरी तीन भागमा बाँडेर सुरक्षा व्यवस्था मिलाइएको छ। १ सय २४ मतदान केन्द्रमध्ये ७४ मतदान केन्द्रलाई अतिसंवेदनशील मतदानस्थलका रूपमा राखिएको हो।

गत स्थानीय तह निर्वाचनमा १ सय १९ मतदानकेन्द्र रहेको कालिकोटमा जनसङ्गख्या,भौगोलिक अवस्था,यातायात र सुरक्षा अवस्था हेरेर जिल्ला सुरक्षा समितिको बैठकबाट पाँच मतदान केन्द्र थप्ने सिफारिस गरेको थियो।  

जिल्लामा नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी,गरी २१ सय ११ जना सुरक्षाकर्मी खटाइएको छ। कालिकोटमा अतिसंवेदनशील मतदानस्थललाई मध्यनजर गरी पर्याप्त मात्रामा सुरक्षा व्यवस्था मिलाइएको  प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरिक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए। उनले भने ‘मतदान केन्द्रमा अवान्छित गतिविधि,विरोधि गतिविधिको सूचना संकलन,विरोधि गतिविधि गर्नेलाई निगरानी,निर्वाचन विरुद्घमा हुनसक्ने गतिविधिको पूर्व अनुमान गरी यस्ता गतिविधि गर्न नदिन रणनीतिक योजना बनाई कार्यान्वयनमा ल्याइएको छ।’

निर्वाचनमा आउने चुनौतीलाई मध्यनजर गरी आवश्यक बल प्रयोग गरी,प्रतिकुल स्थितिलाई नियन्त्रर्णमा लिन सम्पूर्ण तयारी गरिएको र हरेक स्थालमा खटिएका कमाण्डरलाई स्पष्ट निदेशन समेत दिएको (डिएसपी) रिमालले बताए।

जिल्लाबाट सादा पोसाकमा प्रहरी परिचालन गरी निर्वाचन गतिविधि निगरानी गर्न,प्रत्येक पालिकाबाट मतपेटिका दुवानीलाई सहज गर्न,नेपाल प्रहरी,नेपाली सेन,सशस्त्र प्रहरी,खटाइएको छ। प्रत्येक पालिकामा कम्तीमा ५ देखि ७ जनाको मोबाईल टोली समेत खटाइएको छ।  त्यसले कुनै स्थलमा तत्काल समस्या हुन नदिन समन्वय गर्नेछन्।  

आपलकालिन अवस्थामा नेपाली सेनाको दुई वटा हेलिकप्टर तैनाथ गरिएको छ। मतदान केन्द्रमा अवान्छित गतिविधि देखाउने समूह तथा व्यक्तिलाई गोली चलाउन आदेश दिने अधिकार हरेक मतदान केन्द्रका अफिसरलाई हुने जानकारी दिँदै उम्मेदवार,मतपत्र र मतपेटीकाको सुरक्षाका लागि शंस्कापद कार्य गर्नेलाई प्रक्राउ गर्ने तथा गोली चलाउनेसम्मको अधिकार प्रहरीको रहेको बताइएको छ।

साथै जिल्लामा २७ र २८ गते मतदान स्थलमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई काम कतव्य र भुमिका तथा सुरक्षा संवेदनशीलता र प्रतिकुल अवस्थामा अपनाउनुपर्ने सुरक्षा सावधानीको बारेमा प्रशिक्षण समेत गरिएको निर्वाचन कार्यालयले जनाएको छ।  

यस्तै जिल्लामा मतदान सामग्री ओसारपसार,मतदातालाई मतदानमा समावेश हुन नदिन अपिल, मतदान स्थल आसपास निर्वाचन विरोधी गतिविधि गर्न सक्ने,मतपेटिका संकलनमा अवरोध,जस्ता आवश्यक पूर्व तयारीका साथ ती चुनौती सामना गर्न सम्पूर्ण तयारी पूरा भएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

अस्थायी मतदान केन्द्रका रूपमा सदरमुकाम मान्मको कारागार कार्यालय र महादेव आधारभुत विद्यालय रहेका छन्। ती केन्द्रमा कैदी,नेपाली सेना, प्रहरी तथा वृद्धाश्रमका रहेका व्यक्तिले समानुपातिक निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ।  

प्रदेशसभा (१) मा ३५ हजार ३  सय ५१ र प्रदेशसभा (२) मा ४५ हजार तीन सय ८२ सहित जिल्लामा ८० हजार ७ सय ३३ मतदाता रहेका छन्।  मतदान केन्द्रमा हुलहुज्जत गर्ने,आफ्नो पार्टीमा मत दिन दबाब दिने समूहलगायत शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिनेछ। उम्मेदवार र मतदाताको संरक्षण गर्ने,मतपेटिकाको सुरक्षा गर्ने, मतगणना स्थल शान्तिपूर्ण राख्ने,विजय उत्सवका लागि निस्कने र्यालीसमेतको सुरक्षा दिने जस्ता कार्य नेपाल प्रहरीले गर्ने छ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विशेष सुरक्षा तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले  बताए। ‘अहिले जिल्लामा सबै सुरक्षा व्यवस्थापन राम्रो रहेको छ मंसिर ४ गते ढुक्कसँग मतदान गर्न अनुरोध छ’  उनले भने  ‘जिल्लामा अहिले सान्ती पूर्णरुपमा निर्वाचन सम्पन्न हुँदै छ। निर्वाचन बिथोल्ने कुनैपनि गतिविधि हुँदैन, मतपेटिका दुवानीको लागि पनि जिल्लाका सबै स्थानबाट नजिकैको सवारी साधन पुग्ने स्थान सम्म कलेक्शन स्टेशन बनाएर त्यहाँसम्म आएपछी एकमुष्ट जिल्लामा ल्याउने तयारी भएको छ।’

प्रकाशित: १ मंसिर २०७९ ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App