राजनीति

यो गठबन्धन एउटा चुनावका लागि मात्र होईन: दाहाल

पुष्पकमल दाहाल।

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहालले अहिलेको गठबन्धनका चुनावका लागि मात्र नभएको बताएका छन्। शनिबार बिहान पालुङटारमा आयोजित चुनावी सभामा बोल्दै उनले प्रतिगमनको खतरा रहँदा सम्म गठबन्धन अघि बढिरहने बताए।  

‘राजनीतिक परिर्वतन दिगो हुन समृद्धी र आर्थिक परिर्वतनसँग जोडिनुपर्छ, त्यो नहुँदा सम्म गठबन्धन अघि बढ्छ’ उनले भने। संविधानको रक्षा र समृद्धीकालागि गठबन्धन गरिएको उनले बताए। साथै उनले कांग्रेस र माओवादीका नेता कार्यकर्ता, सुभेच्छुकलाई बडो खुसी भएर हँसिया हथौडा र रुखमा भोट हाल्न अपिल गरे।  

गोरखाबाट विकास र समृद्धीको अभियान थाल्ने सपना लिएर आफू यहाँ आएको उनले बताए। गोरखाबाट सुरु भएको बिकास देश र विश्वभर देखिने बताउँदै उनले भने ‘शान्ति सम्झौता हुँदैनथ्यो भने लडाइं अझै चर्किन्थ्यो, नेपाल असफल राष्ट्र हुनेतिर जाँदैथ्यो, शान्ति सम्झौतापछि अहिलेको परिर्वतन संभव भएको हो।’

लामो समयदेखि बन्द पालुङटार एरपोर्ट अघि आयोजना गरिएको सभामा बोल्दै उनले उक्त एरपोर्ट संचालन गर्ने बचन दिए। ‘यसलाई एरपोर्ट मात्र नभएर पाईलट ट्रेनिङ सेन्टरको रुपमा पनि विकास गर्ने सोच छ’ उनले भने। उक्त एरपोर्टले गोरखा सहित लमजुङ तनहुँ मनाङ सम्म सुविधा पुग्ने भएकोले चुनाव लगत्तै काम सुरु हुने उनले आश्वासन दिए।  

गोरखामा सबैभन्दा आवस्यक सडक कालोपत्रे रहेको बताउँदै अध्यक्ष दाहालले जनताको पहिलो आवस्यकता धुलोबाट मुक्ति रहेको उनले बताए। धुलो सडकले जनताको समय बर्वाद र अफठ्यारो झेल्नुपरेको उनले बताए। गोरखकाली रबर उद्योगलाई नयाँ योजना सहित ब्यवस्थापन गर्ने पनि उनले बताए। दाहाल बिहिबारदेखि गोरखा क्षेत्र नम्बर २ को बिभिन्न ठाउँमा आयोजित चुनावी कार्यक्रममा सहभागी भईरहेका छन्।

प्रकाशित: २६ कार्तिक २०७९ ०४:५३ शनिबार

चुनाव पुष्पकमल दाहाल