राजनीति

हेलिकप्टर चढेर आउन सक्नेलाई जिताउनु: आरजु राणा

प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेसकि नेतृ आरजु राणा देउवाले हेलिकोप्टरमा चढेर आउनसक्ने व्यक्तिलाई जिताउन मतदातालाई आग्रह गरेकी छन्।  

डडेल्धुरामा आयोजित चुनावी शभालाई सम्बोधन गर्दै राणाले हेलिकोप्टर चढेर आउने हैसियत बनाउन सक्नेलाई मत दिनुपर्ने अभिव्यक्ति दिएकी हुन्।

'यो गाउँठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने, संविधानको रक्षा गर्ने, हाम्रो देशमा शान्ति हुने, समृद्धि हुने र योभन्दा अगाडि जसरी आज हामी हेलिकोप्टरमा आयौँ।' उनले भनिन्, 'आजभन्दा १०, १५ वर्षअगाडि यहाँ कतिजना हेलिकोप्टरमा उडेर आउन सक्थे, हेलिकोप्टर चढेर आउने क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस्। नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवाजीलाई, प्रदेशमा गोविन्द बोहोराजीलाई जिताउनुस्।'

यसअघि डडेल्धुराको बासिन्दालाई बालुवाटार जान रोकटोक नहुने,  फ्रि भिसामा मलेसिया पठाइदिने अनि कांग्रेसले जितेको पालिकामा मात्रै बजेट पठाइदिने भनेर उनी विवादमा परेकी थिइन्।

प्रकाशित: १९ कार्तिक २०७९ १२:०४ शनिबार

आरजु राणा