राजनीति

माइतीघरमा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी [फोटो-भिडियो]

संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी भएको संघीय गठबन्धनले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेको छ। शनिबार विरोध प्रदर्शन गरेको २९ दलीय गठबन्धनले आइतबार सिंहदरवारका विभिन्न नाकामा धर्ना दिएको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माइतघर मन्डलामा नेतृत्व सम्हालिरहेका छन् भने राजेन्द्र महतोलगायतका नेताहरुले हनुमानस्थान नाकाको विजुलबजारस्थित पुलमा धर्ना दिइरहेका छन्।

मधेसी, थारु र जनजातिहरुको उपस्थिति रहेको धर्ना कार्यक्रममा प्रहरी र आन्दोलनकारीबीच केहीबेर घम्साघम्सी भयो। पहिचानवादी नारा लगाउँदै निषेधित क्षेत्र तोड्ने प्रयास गरेका आन्दोलनकारीलाई प्रहरीले ठेलेर पुरनाै ठाउँमा पुर्‍याएका थिए। केही आन्दोलनकारीले लठ्ठी फालेर प्रहरीलाई हिर्काए पनि प्रहरी साम्य भएर बस्यो।

भिडियो हेर्नुस्


अहिले पनि आन्दोलनकारीहरुले ब्यानर, पम्पलेट बोकेर माइतीघर मन्डला, हनुमानस्थना र बबरमहलमा धर्ना दिइरहेका छन्। गठबन्धनले सोमबार पनि सिंहदरवार कार्यक्रमलाई निरन्तरता दिने बताएको छ। 'सोमबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिन्छौं,' थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहितले जानकारी दिए।  

Protest at SinghDurbar 01

Protest at SinghDurbar 05

Protest at SinghDurbar 06

Protest at SinghDurbar 07

Protest at SinghDurbar 08

Protest at SinghDurbar 09

Protest at SinghDurbar 10

Protest at SinghDurbar 11

Protest at SinghDurbar 12

Protest at SinghDurbar 13

Protest at SinghDurbar 02

Protest at SinghDurbar 03

Protest at SinghDurbar 14

Protest at SinghDurbar 04

तस्बिर/भिडियो : मदन चौधरी 

प्रकाशित: २ जेष्ठ २०७३ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App