राजनीति

राप्रपा र रवीन्द्र मिश्र पक्षको एकता

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन्। बुधबार काठमाडौँमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा व्राह्मण बटुकहरुले स्वस्तिवाचन र शंखघोषसहित पार्टी प्रवेश गरेका हुन्। राप्रपा र रविन्द्र मिश्र समूहबीच एकता भएको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन्।

उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन्। यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन्। यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए। मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा छन्।

प्रकाशित: १२ आश्विन २०७९ ०९:०१ बुधबार

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश