राजनीति

संसदको बजेट अधिवेशन सुरु

काठमाडौं–संसदको बर्खे अधिवेशन मंगलबारदेखि सुरु भएको छ। सहिदको नाममा दुई मिनेट मौन धारण गरिएर सुरु भएको बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन्। प्रधानमन्त्री कार्यालयबाट मन्त्री हेरफेर सम्बन्धी पत्र सभामुखले पढेर सुनाएकी थिइन्। बैठक बुधबार बस्नेगरी स्थगित भएको छ।मंगलबार विहान बसेको कार्यव्यवस्था परामर्श समितिले बैठकले बुधबार र बिहीबार दुई दिन समयसामयिक विषयमा छलफल गर्ने, २४/२५ गते प्रि–बजेट छलफल गर्ने कार्यसूचि तय गरेको थियो। २६ गते राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। नीति तथा कार्यक्रममा पाँच दिन छलफल गरेपछि ३१ गते पारित गर्ने र जेठ १५ गते बजेट प्रस्तुत गर्ने कार्यसूचि तय भएको छ।

प्रकाशित: २१ वैशाख २०७३ ००:१० मंगलबार