राजनीति

हामीले ४० प्रतिशत नपाए चुनावमा भाग लिदैनौं: शेखर पक्ष

नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद जगदीश नरसिंह केसीले समानुपातिक र प्रत्यक्षतर्फको टिकटमा कम्तीमा ४० प्रतिशत नपाए आफ्नो समूह चुनावमा भाग नलिने चेतावनी दिएका छन्।

शनिबार काठमाडौँमा आयोजित डा. शेखर कोइराला पक्षको खबरदारी भेलाको अध्यक्षता गरेका नेता तथा पूर्व सांसद केसीले देउवा पक्षले एकलौटी गरे बाहिरै बसेर रुखमा भोट हाल्ने बताएका हुन्।

‘कांग्रेसमा ६०/४० को सुरुवात शेरबहादुर देउवाले थालनी गरेको हो। उहाँले गिरिजाप्रसाद र सुशील कोइरालासँग ४० प्रतिशत लिनुभएको हो’, उनले भने ‘अहिले पनि सम्मानजनक रूपले समानुपातिक र प्रत्यक्षमा टिकट नपाउने हो भने देउवा पक्ष निर्वाचनमा एक्लै लडे हुन्छ, हामी बाहिर बसेर रुख चिन्हमा भोट हाल्छौँ।’

केसीले समानुपातिकको सूची नसच्याइए अर्को विकल्पका लागि तयार रहन समेत उनले चेतावनी दिए। नेता केसीले देउवाले गठबन्धनका दलहरूलाई १८ घण्टा दिने तर पार्टीभित्रका इतर समूहका नेतालाई १८ मिनेट पनि समय नदिएको बताए।

प्रकाशित: ८ आश्विन २०७९ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App