राजनीति

सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्ति: प्रधानमन्त्री देउवा

फाइल तस्बिर।

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रुपमा स्मरण गराएका छन्।  

बिहीबार काठमाडौँमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्व. थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल भएको बताउका हुन्। 

उनले सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्ने विश्वास व्यक्त गरे। उनले यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिककर्मीहरुका लागि यादगार कृति हुने बताए। प्रधानमन्त्री देउवाले स्व. थापाले नेपाली राजनीतिमा स्मरणयोग्य काम गरेको पनि उल्लेख गरे।

प्रकाशित: ६ आश्विन २०७९ १२:५४ बिहीबार

शेरबहादुर देउवा