राजनीति

देशलाई अब भिजन र मिसनमा लिएर जाने छौं: अध्यक्ष प्रचण्ड

फाइलतस्बिर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशलाई अब भिजन र मिसनमा लिएर जाने बताएका छन्।  

नेपाल उघोग व्यापार महासंघको प्रथम केन्द्रीय माहाधिवेशमा बोल्दै दाहालले देशलाई अब भिजन र मिसनमा लिएर जाने बताएका हुन्। उनले आफूहरुको भिजन र मिसनले नै देशमा लोकतन्त्र आएको पनि बताएका छन्। 

देशलाई आत्मनिभरताको बाटोमा लान उधोग व्यवसायीहरुको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।  उनले भने, 'हामी पहिला खाधान्नमा निर्भर थियौ आत्मनिर्भर मात्र नभएर निर्यात पनि गथ्यौं तर अहिले हामी निर्यात भन्दा आयात धेरै गर्न थालेका छौं। गुन्द्रुकबाट चिनिएको नेपाल तर अहिले त्यहि गुन्द्रुक पनि विदेश बाट ल्याउदा उधाेग व्यवसाय फस्टाउन सकेको छैन्।'

प्रकाशित: ३० भाद्र २०७९ ०७:२९ बिहीबार

अध्यक्ष पुष्पकमल दाहाल