राजनीति

प्रतिनिधिसभाको बैठक १ बजे बस्ने

प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ। 

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३)बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक आजै दिनको १ः०० बजे बस्ने गरी निर्धारण गरेकाे प्रकाशित सूचनामा जनाइएको छ।

प्रकाशित: २९ भाद्र २०७९ ०५:४८ बुधबार

प्रतिनिधिसभाको बैठक