राजनीति

एमालेको चेतावनीः संसदको कार्यकाल लम्ब्याउने हर्कत नगर्नू

फाइल तस्बिर।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत गराएका छन्।  

उनले त्यस ढंगले प्रतिनिधिसभा भित्र दुई खाले सांसद हुने अवस्था आउने गरी सो विधेयक अघि बढाए आफ्नो पार्टीलाई मान्य नहुने अडान पनि राखे। प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको मनोनयन हुने दिन प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिने भएकाले सोही व्यवस्था मात्रै आफ्नो पार्टीलाई मान्य हुने उनको भनाई थियो। 

प्रमुख सचेतक भट्टराईले एमालेसँग परामर्श गरेरै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल बढाउने गरी विधेयक ल्याएको भनेर कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भनेकोमा आपत्ति जनाए। एमालेले त्यसका लागि सरकारलाई कुनै पनि सहमति नदिएको उनको दाबी थियो।  प्रमुख सचेतक भट्टराईले सरकारको १४ महिने कार्यकालले आम जनतालाई लज्जाबोध गराएको समेत पटकपटक दोहोर्‍याए।

प्रकाशित: २१ भाद्र २०७९ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App