राजनीति

असिना पानीले विथोल्यो ह्यारीको सांस्कृतिक कार्यक्रम

(गैंडा) लमजुङ- पाँच दिने नेपाल भ्रमणको क्रममा लमजुङ पुगेका बेलायती राजकुमार ह्यारी असिना पानीमा परेका छन्। दिउँसो बर्दियाबाट हेलिकप्टर मार्फत लमजुङको गैंडा पुगेका राजकुमार ह्यारीको सम्मानमा आयोजना भएको संस्कृतिक कार्यक्रम चलेकै अबस्थामा असिना पानी परेको थियो।असिना पानीले सांस्कृतिक कार्यक्रम विथोलेको छ। गौंडा गाविसको लेउरालीमा टेन्ट टाँगेर ह्यारीको सम्मानमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। तीन वटा गीत गाएर सकिना साथ असिना पानी परेको थियो।

असिना पानी परेपछि राजकुमार ह्यारी स्थानीयसँगै टेन्टमा ओत लागेर बसेका छन्।

लमजुङ पुगेका उनी गौंडास्थित ८७ वर्षीया मंगली तामाङको घरमा बास बस्नेछन्। बेलायती नेपाली ग्रामीण समाज र संस्कृति बुझ्ने उद्देश्य राखेर ह्यारीले बसोबासका लागि मंगली तामाङको घर रोजेका हुन्। गाउँमा उनको भव्य स्वागत गरिएको थियो। स्थानीयले उनलाई फेता लगाएर सम्मान गरेका थिए।

ह्यारी गौंडा गाउँको भीरकुनामा हेलिकोप्टरमार्फत ओर्लेपछि एक डेढ घन्टा पैदल हिँडेर ओखरी गाउँ हुँदै लेउरानी टोलमा पुगेका थिए।

प्रकाशित: ८ चैत्र २०७२ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App