राजनीति

विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउनुपर्छः सांसद विश्वकर्मा

नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गाकुमारी विश्वकर्माले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन माग गरेकी छन्।  

उनले अहिले ४५ लाख नेपाली विदेशमा रहेको तर अहिलेसम्म निर्वाचनमा मत दिने अधिकार नपाएको बताइन्। सांसद विश्वकर्माले सम्बन्धित दुतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न पनि माग गरिन्। उनले नेपालमा नै रहेर नेपाली विभिन्न उद्योगमा काम गर्ने जनताले भोट दिन नपाएको अवस्था रहेको भन्दै उद्योगमा काम गर्ने मजदुरहरुलाई पनि भोट हाल्ने वातावरण बनाउन माग गरे।

प्रकाशित: १३ भाद्र २०७९ ०७:४२ सोमबार

नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गाकुमारी विश्वकर्मा