राजनीति

सत्तारुढ गठबन्धनमैत्री छैनन् जनता

संघीय निर्वाचनको मिति तोकिएसँगै सत्तारुढ गठबन्धन गरेका दलका नेतृत्वले गर्दा कार्यकर्ता रुष्ट बन्दै गएका छन्। बर्दियामा दुई वटा निर्वाचन क्षेत्रमा समाजवादी पार्टीका न्यून उपस्थिति छ भने नेपाली कांग्रेस र माओवादीभित्र नेतृत्वसँग असन्तुष्टिको चाङ लागेको छ। एमाले पनि निर्वाचन क्षेत्र १ मा कमजोर मानिन्छ।

नेपाली कांग्रेसमा आन्तरिक गुटबीचको द्वन्द्व चर्किएको छ। गुटमा जिल्लाका नेता तथा कार्यकर्ता विभाजित छन्। स्थानीय तहमा जनप्रतिनिधिलाई टिकट दिँदा देउवा पक्ष हाबी भएको थियो। पौडेल पक्षका कार्यकर्ता टिकटको दाबेदार भएपनि स्थानीय निर्वाचनमा टिकट नपाएको व्याप्त असन्तुष्टि छ। पार्टीको र स्थानीय तहको निर्वाचनमा  पार्टी भित्रकै कार्यकर्ता नेताबीच चुलिएको विवादले संघीय निर्वाचन मिति तोकिएसँगै विवाद मौलाएको छ।  

ठाकुरबाबा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने केन्द्रीय सदस्य संजय गौतम र गोपाल दहितकाविरुद्धमा कांग्रेसका कार्यकर्ताले नाराबाजीमा उत्रिए। स्थानीय निर्वाचनमा केन्द्रीय सदस्य गौतम र दहितले असहयोग गरेको आरोप लगाउँदै नेपाली कांग्रेसका कार्यकर्ताले कार्यक्रम बिथोले। अर्को पक्षले नेताले कार्यक्रम विथोल्ने समूहलाई सुनियोजित ढंगले परिचालित गरेको जिकिर गरे।

ठाकुरबाबा नगरपालिका बस्ने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विनय रावलले महाधिवेशन प्रतिनिधि त्यागेको गतसाता साधारण सदस्यमा समेत नवस्ने घोषणा गरे। नेपाली कांग्रेस त्यागेका रावल लामो समयदेखि बिपन्न वर्गको हितमा काम गरेका समाजसेवि व्यत्तित्व भनेर चिनिन्छन्।  

विपन्न वर्गको औषधि उपचार र विकासमा चासो देखाएका कारण ठाकुरबाबा नगरपालिकामा नगर प्रमुख कांग्रेस जित हुनुमा उनको विपन्न प्रति लगाव भएको स्थानीय आंकलन गर्छन्। रावल बुधबार राप्रपामा प्रवेश गरेका छन्।  

निर्वाचन क्षेत्र १ नेपाली काग्रेसका सह महामन्त्री किशोरसिंह राठोरको पर्दछ। पार्टी र स्थानीय निर्वाचनमा बलजफ्ति आफ्नो गुटलाई प्रोत्साहन गर्ने उदेश्यले टिकट वितरण गरेका कारण काग्रेस भित्र राठोरसँग तीव्र असन्तुष्टि छ। स्थानीय निर्वाचनमा नेता राठोरको वडा र राजापुर नगरपालिकामा काग्रेसले हार व्यहोरेको स्थानीय स्मरण गर्छन्।  

राजापुर नगरपालिकाका वर्तमान नगर प्रमुख दिपेश थारु लुम्बिनी प्रदेश सांसद थिए। राजापुर नगरपालिकामा माओवादीका नगर प्रमुखमा अन्य आंकाक्षी हुदा हुदै नगर प्रमुखको टिकट प्रदेश सांसद थारुले पाए। प्रदेश सांसद र नगर प्रमुख दुबैको टिकट ल्याएपछि माओवादी भित्र असुन्तुष्टि चुलिएको हो। थारुले राजापुर नगरपालिकामा झिनो (४७)मतले चुनाव जिते। माओवादीको नेतृत्वसँग असन्तुष्ट भएका पूर्व नगर प्रमुख शिव थारुसहित ४० जना माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरे। 

यतिबेला जेल जिवन बिताइरहेका  नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको प्रभाव निर्वाचन क्षेत्र १ मा प्रभाव बढ्दै गएको आकलन गर्छन्। छिमेकी जिल्ला कैलालीमा चार वटा पालिकामा भारी मतले नागरिक उन्मुक्ति पार्टीको जितसँगै बर्दियाको निर्वाचन क्षेत्र १ मा प्रभाव बढदै गएको पाइएको हो। अध्यक्ष चौधरी कैलाली र बर्दिया संचालनमा ल्याएको एफएमका कारण आम सर्वसाधरण माझ परिचित छन्। थारु उन्मुक्ति पार्टी बलियो हुँदै जादा गठबन्धनका उम्मेदवारले ठूलो मूल्य चुकाउनुपर्ने देखिएको माओवादीको नेताको दाबी छ।

प्रकाशित: ३ भाद्र २०७९ १२:२८ शुक्रबार