राजनीति

नेपाललाई प्रविधि निर्यात गर्ने देश बनाउनुपर्छः मन्त्री कुँवर

फाइल तस्बिर।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रविधि निर्यात गर्ने देशको रुपमा नेपाललाई विकसित गर्नुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा भएको सामाजिक सुरक्षा कोषको एप्लीकेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री कुँवरले केही समय पहिला सामाजिक सुरक्षा कोष हात बाँधेर बसेको छ भन्नेजस्ता आरोप लागेपनि अब भने सक्रिय भएको बताए।  

उनले अरुको तुलनामा देशको प्रविधि बिकाउ हुने गरेर मेहनत गर्न आवश्यक रहेको बताए। मन्त्री कुँवरले नेपाल अब प्रविधि, पुँजी, सीप भित्र्याउने देश बन्न नहुने भन्दै प्रविधि निर्यात गर्ने देश बन्नुपर्नेमा जोड दिए। उनले सामाजिक सुरक्षा कोषलाई अझै व्यवस्थित गर्ने, दायरा बढाउने, सामाजिक सुरक्षा कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवं सामाजिक सुरक्षा कोषका अध्यक्ष एकनारायण अर्यालले सामाजिक सुरक्षा कोषले योगदान कर्ताहरुलाई उत्प्रेरणा गर्ने हिसावले सापटी योजना शुरुवात गरेको बताए।  

उनले भदौ १ गतेदेखि घर सापटी, शैक्षिक सापटी र सामाजिक सापटीको लागि क्रमशः ७०, ३० र ५ लाख रुपैयाँ गराउने बताउनु भयो। 

प्रकाशित: १ भाद्र २०७९ १३:०२ बुधबार

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर