राजनीति

धनुषाको ४ वडामा चल्यो राप्रपाको हलो

धनुषाको १८ वटै स्थानीय तहको अन्तिम मत परिणाम सर्वजानिक भैइसेको छ। नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएर आफ्नो पदभार ग्रहण गरिसकेका छन्।  

धनुषामा १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिकामा गरी जम्मा १८ वटा पालिका रहेको छ। १८ पालिकामा १६८ वटा वडाको संख्या रहेको छ। जसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले चार वटा वडामा मात्रै जित हात पारेका छन्।

जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा ३ र सबैला नगरपालिकाको एउटा वडा गरी जम्मा चार वटा वडामा जित्न सफल भएको छ। गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर १ मा राप्रपाको उम्मेदवार श्यामकुमार आले मगर निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार सरोज यादवलाई हराउँदै निर्वाचित भएका हुन्।

उनले ६३३ मत पाएको हो भने उनको निकटम प्रतिद्वन्दी यादवले ४६६ मत ल्याए। वडा नम्बर २ मा पनि राप्रपाका उम्मेदवार ज्योती दिप हमाल निर्वाचित भएका छन्। हमालले २३१ मत ल्याएका छन् भने उनको निकटम प्रतिद्वन्दी जनमत पार्टीका उम्मेदवार सुरेन्द्रकुमार महतोले २३० मत प्राप्त गरेका थिए।

सोही नगरपालिकाको वडा नम्बर ४ मा राप्रपाका उम्मेदवार सोमबहादुर आले मगर निर्वाचित भएका छन्। उनी नेकपा एमालेका उम्मेदवार रितबहादुर पुर्वछाने मगारलाई हराउँदै निर्वाचित भएका हुन्। सोमबहादुरले ४५३ मत ल्याएका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेका उम्मेदवार मगारले ३०५ मत पाएका छन्।

सबैला नगरपालिका– ११ मा पनि राप्रपाको उम्मेदवार सरोज कुमार यादव निर्वाचित भएका छन्। यादवले जसपाको उम्मेदवार जय नरायण यादवलाई पराजित गरी निर्वाचित भएका हुन्। राप्रपाका उम्मेदवारले ६२० मत ल्याए भने उनको निकटम प्रतिद्वन्दी जसपाको उम्मेदवार ३४१ मत पाएका हुन्।

गणेशमान चारनाथ र सबैला नगरपालिका बाहेक कुनैपनि पालिकाको वाडमा राप्रपाको उम्मेवार निर्वाचित भएको छैन्। गणेशमान चारनाथ नगरपालिकामा राप्रपाको तर्फबाट मेयरको उम्मेदवार प्रतिस्पर्धामा रहेपनि अन्य पालिकामा राप्रपाको उम्मेदवारले जमानत समेत जोगाउन सकेको छैन्।

सो नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार जित नारायण यादव ३ हजर १०८ मत ल्याएर निर्वाचित निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिद्वन्दी जसपाको उम्मेदवार राम चलितर यादव २ हजार ७६० मत ल्याएका हुन्। राप्रपाको उम्मेदवार जेकसन हमला ठकुरीले २ हजार ६७० मत ल्याएर तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित: ११ जेष्ठ २०७९ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App