राजनीति

माइजोगमाई एमाले, रोङमा कांग्रेस विजयी

माइजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का कुशबहादुर थेबे विजयी भएका छन्।

उनले गठबन्धनको प्यानलबाट उम्मेदवार भएका गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी)का जितबहादुर राईलाई पराजित गरे। विजयी थेबेले ५ हजार १ सय ३५ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्दी राईले ४ हजार ९ सय १३ मत ल्याए। उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी प्रविना राई विजयी भएकी छिन्। उनले ५ हजार १ सय ५९ मत ल्याएकी छिन्।

एमालेबाट उपाध्यक्षकी उम्मेदवार तथा निवर्तमान उपाध्यक्ष सावित्रा भट्टराईले ४ हजार ८ सय ८३ मत ल्याएकी छिन्। माइजोगमाईको वडा १ मा एमाले, २ र ३ मा कांग्रेस तथा ४, ५ र ६ वडामा एमालेका वडाध्यक्ष विजयी भएका छन्।

रोङ अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

रोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनीकुमार स्याङ्बो सुवास विजयी भएका छन्। उनले नेकपा (एमाले)का मेहेरमाना तामाङलाई पराजित गरे। स्याङ्बो ४ हजार ६ सय ७९ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्दी तामाङले ४ हजार ३ सय २२ मत ल्याएका छन्।

गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले)की विष्णुमाया खवास विजयी भइन्। खवासले ४ हजार ६ सय ५६ मत ल्याएकी छिन्। निकटतम प्रतिद्वन्दी कल्पनादेवी खनालले ४ हजार १ सय ९७ मत ल्याइन्। गाउँपालिकाको वडा १,३ र ५ मा कांग्रेस, २ मा स्वतन्त्र, ४ र ६ मा एमालेका वडाध्यक्ष विजयी भएका छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App