राजनीति

एमालेको किल्लामा गठबन्धनका उम्मेदवार निर्वाचित

निर्वाचित भएपछि खजुरा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर बिक र उपाध्यक्ष मञ्जु मल्ल लगायत।

बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डम्बर बिक अध्यक्षमा निर्वाचित भएका हुन्। उनी १ हजार ६ सय ५३ मतको अन्तरले निर्वाचित भए।

बिकले १० हजार ७ सय ९० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सुमन मल्लले ९ हजार १ सय ३७ मत प्राप्त गरेका छन्। यसैगरी गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा निर्वाचित भइन्।

उनी १ हजार ९ सय ४३ मतको अन्तरले निर्वाचित भएकी हुन्। मञ्जुले १० हजार ३४ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी ताजरुन निशाले ८ हजार ९१ मत प्राप्त गरेको खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए।

उक्त गाउँपालिकामा यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले जितेको थियो। खजुरा बाँकेको क्षेत्र नम्बर ३ अन्तर्गत पर्दछ। उक्त क्षेत्र नेकपा एमालेको किल्लाको रुपमा चिनिन्छ। स्थानीय तह निर्वाचनमा यसपटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो।

प्रकाशित: ४ जेष्ठ २०७९ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App