राजनीति

नेपालगन्जमा कांग्रेसका विष्ट ७१८२ र जसपाका राई ४१३८ मतले अगाडि

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले दोब्बर बढी मतले अग्रता लिइरहेका छन्।

भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा जारी पछिल्लो मत गणना परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले १४४९८ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका पशुपतिदयाल मिश्रले ७३१६ मत ल्याएका छन्। विष्ट र मिश्रबीच ७१८२ मतको अन्तर रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले जानकारी दिए।

यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका नन्दलाल बैश्यले ५४१२ मत प्राप्त गरेका छन्। यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्धिन राईले १११९८ मत ल्याएर अग्रता लिइरहेका छन्। यस्तै राप्रपाकी विन्दु चर्तीमगरले ७०६० मत प्राप्त गरेकी छन्। राई र चर्तीमगरबीच ४१३८ मतको अन्तर रहेको छ। नेकपा एमालेकी शान्ति ढकालले ६९२८ मत प्राप्त गरेकी छन्।

अहिलेसम्म नेपालगन्ज १,२,३,४,५,६,७,८,९,१७,१९,२०,२१,२२ र २३ को अन्तिम मतगणना सार्वजनिक भइसकेको छ। यस्तै वडा नम्बर १८ र १० को मतगणना अहिले नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा चलिरहेको छ। नेपालगन्ज उपमहानगरपालिकामा कुल ६१२०५ मत खसेको थियो।

प्रकाशित: ४ जेष्ठ २०७९ ०९:२२ बुधबार

नेपालगन्ज उपमहानगरपालिका